खेलकुद

सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित

By खबरहब

January 29, 2024

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराएको छ । टियु क्रिकेट मैदानमा आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०.१ ओभरमा १६५ रनमा अलआउट भयो ।

सुदूरका लागि किरन ठगुन्नाले सर्वाधिक ६८ रन बनाए । शेर मल्लले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

आर्मीका लागि जितेन्द्र मुखियाले ५ विकेट लिए । सोमपाल कामीले २ विकेट लिँदा भन्द बसिर अहमद, शाहब आलम र कुशल मल्लले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अलआउट भयो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । बसिर अहंमद ३६ रनमा आउट भए ।

सुदूरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । नरेन साउदले ३ र बिकाश आग्रीले १ विकेट लिए । जारी प्रतियोगितामा आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।