फाइल फोटो

अन्तर्राष्ट्रिय

चीनको एक रेष्टुरेन्टमा आगलागी : चार जनाको मृत्यु 

By खबरहब

January 29, 2024

काठमाडौं– उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । 

प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ । 

स्थानीय अग्नि उद्धार टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । घाइतेहरूको उपचार भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ ।