मनोरञ्जन

‘दयारानी’ टेलर : वंश कायम गर्न नसकेका दयालाई अवैध सन्तानको आरोप

By खबरहब

January 29, 2024

काठमाडौं– चलचित्र ‘दयारानी’को टेलर सार्वजनिक भएको छ । पुरुषले सन्तान उत्पादन गर्ने क्षमता आफूसँग नभएको स्वीकार गर्न नसक्ने सामाजिक कथा बोकेको फिल्म बनेको टेलरले देखाउन खोजेको छ ।

फिल्ममा दयाहाङ राई र दिया पुनलाई विवाह जोडीका रुपमा देखिने टेलरले खुलाउँछ । आफ्नो शारीरिक कमजोरीका कारण बच्चा नभएको दयाले दियालाई खुलाउँदैनन् । उल्टै श्रीमतिमा दोष थुपार्छन् । 

श्रीमतीले वंश कायमका लागि दोस्रो विवाह गर्न आग्रह गरे पनि दयाले आफ्नो कमजोरी छुपाउन बिहे गर्न मान्दैनन् । पछि अर्की युवतीले दयाको पेट बोकेको आरोप लगाएको दृश्यले टेलरमा रस थपेको छ । 

माघ २६ बाट प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङ, दिया, पुस्कर गुरुङ, विजय बराल, श्रीशा कुँवरलगायतको अभिनय रहेको छ । 

बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मको लेखक तथा निर्देशक माओत्से गुरुङ स्वयं हुन् । 

यस्तो छ टेलर :