राजनीति

नेकपा एकीकृत समाजवादी प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने 

By खबरहब

January 29, 2024

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित गर्ने भएको छ ।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको उपाध्यक्ष डा. बेदुराम भुसालले बताए ।

यस्तै पार्टीले नेताहरूको उमेर हद पनि  कायम नराख्ने भएको सम्मानित नेता झलनाथ खनालले बताए ।