देश/प्रदेश

लागूऔषधसहित एक महिला पक्राउ

By खबरहब

January 29, 2024

चितवन– चितवनमा लुकाई छिपाइ राखेको प्रतिबन्धित लागूऔषध सहित एक जना महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नम्बर ३ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित डेरामा बस्ने ३२ वर्षीय आश्रीता चौधरी रहेकी छन्।

उनको साथबाट ७३५ एम्पुल लागूऔषध फेला परेको र थप अनुसन्धान भइरहेको चितवन प्रहरीले बताएको छ।