खेलकुद

जोर्डन एसियन कपको क्वाटरफाइनलमा

By खबरहब

January 29, 2024

काठमाडौं । जोर्डनले इराकलाई पराजित गर्दै जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार सम्पन्न खेलमा जोर्डनले इराकलाई ३–२ गोल अन्तरले पराजित गर्दै एशियन कपको क्वाटरफाइनलमा पुगेको हो ।

२–१ ले पछि रहेको जोर्डनले ९० मिनेटपछिको अतिरिक्त समयमा २ गोल गरेर खेल जितेको थियो जोर्डनका लागि याजन अल नैमात, याजन अल अरब र निजार अल रशदनले एक एक गोल गरेका थिए ।

त्यस्तै इराकका लागि साद नातिक र आयमेन हुसेइनले एक एक गोल गरेका थिए । यस खेलमा इराकका आयमेन हुसेइनले खेलको ७७औं मिनेटमा रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सिमित भएको थियो ।

जोर्डनले अब क्वाटरफाइनलमा ताजकिस्तानसँग खेल्ने छ । त्यस्तै यस हारपछि इराक भने अब प्रतियोगिताबाट बाहिरिएको छ ।