खेलकुद

केपी ओली कप फुटबलको सेमिफाइनलका खेल आज हुँदै

By खबरहब

February 29, 2024

काठमाडौँ– केपी ओली कप फुटबल अन्तर्गत सेमिफाइनलका खेलहरू आज हुँदैछन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान साढे ११ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुँनेछ ।

जावलाखेल केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गरेको थियो ।

यसैगरी सोही मैदानमा दिउँसो ३ बजे मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच खेल सुरु हुनेछ ।

मछिन्द्र क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई हराएको थियो ।