क्रिकेट

त्रिदेशीय टी–२० सिरिज : आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

By खबरहब

February 29, 2024

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका हुन् । त्रिदेशीय सिरिजमा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।

सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्ड्सले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

आईसीसीको टी–२० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया ११औँ स्थानमा रहँदा नेदरल्याण्ड्स १५औँ र नेपाल १६औँ स्थानमा छन् ।

बाँकी खेल फागुन १८ गते– नेपाल र नामिबिया फागुन १९ गते– नेपाल र नेदरल्याण्ड्स फागुन २० गते– नामिबिया र नेदरल्याण्ड्स फागुन २२ गते– फाइनल खेल