खेलकुद

इटालियन सिरी ए : एटलान्टामाथि इन्टर मिलानको सानदार जित

By खबरहब

February 29, 2024

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एटलान्टालाई ४–० गोलले हराउँदै इन्टरले जित निकालेको हो ।

इन्टरका लागि कप्तान लौटारो मार्टिनेज, डाभिड फ्राटेसी, माटेओ डार्मिन्स र फेडेरिको डिमार्कोले एक–एक गोल गरेका थिए ।

योजितसँगै इन्टर मिलानले १२ अंकको अग्रता बनाएको छ । जारी लिगमा इन्टर २६ खेलबाट ६९ अंकका साथ शीर्ष स्थानमा छ । पराजित भएको एटलान्टा २६ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको युभेन्टसको ५७ अंक छ ।