तस्विर एपी

अन्तर्राष्ट्रिय

रूसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट

By खबरहब

February 29, 2024

मस्को– पश्चिमी सेनाको समूहको रूसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोनहरू नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रूसको तास समाचार एजेन्सीले सेनाको प्रेस केन्द्रका प्रमुख इभान बिगमालाई उद्धृत गर्दै जनाएको छ । पूर्वी युक्रेनस्थित कुप्यान्स्क खार्कोभ क्षेत्रमा रहेको सहर हो । 

युक्रेनमा १४५ जनाको ज्यान गएको बताउँदै रूसी हवाई आक्रमणमा व्यापक हतियारको प्रयोग गरिएको बिगमाले जनाएको छ । आक्रमण सम्बन्धमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।