सांकेतिक तस्बिर

समाचार

बलात्कार आरोपमा एकजना पक्राउ

By खबरहब

February 29, 2024

कैलाली– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले ती बालिकालाई ललाइ-फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक बनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।