समाचार

राप्रपाद्वारा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

By खबरहब

February 29, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

रुस र युक्रेनबीचको युद्धमा पसेका वा सहभागी भएका नेपालीहरूलाई उद्धारको विषयमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

उनको प्रस्तावमा सांसदहरू विना लामा, अनिशा नेपाली र बीना जैसवालले समर्थन जनाएका छन् ।