फाइल फोटो

समाचार

स्वास्थ्य मन्त्रालयका सहसचिव गौतमको सरुवा

By खबरहब

February 29, 2024

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ ।

मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो । उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ ।

गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए ।