राजनीति

रास्वपाका ६ सांसद इलाम जाँदै

By खबरहब

February 29, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको तयारीका लागि ६ सांसद इलाम पठाउने भएको छ । आगामी वैशाख १५ गते इलाम २ मा हुन लागेको उपनिर्वाचनका लागि ६ स्थानमा ६ सांसद खटाउने निर्णय गरेको हो ।

महामन्त्री मुकुल ढकालका अनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा जानेका छन् ।

महामन्त्री ढकालले  स्थानीय आवश्कता हेरेर उम्मेदवार खडा गर्नेबताए । उनले भने, ‘स्थानीय आवश्कता र भूगोलको पहिचान बुझेको नेता उठाइन्छ । हाम्रो थप एक ससक्त सासद सभामा प्रवेश गर्नुहुने छ ।’

उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम तय भएको उनले बताए । इलाममा रहँदा सबै सांसदहरुले स्थानीयसँग भेटघाट र छलफल गर्ने उनको भनाइ छ । रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन् ।