खेलकुद

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

By खबरहब

March 29, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो । राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन मात्र बनाएको थियो ।

दिल्लीका लागि डेभिड बार्नरले सर्वाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए । त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २औ२ तथा आभेस खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिंगको मद्दतले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।