समाचार

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

By खबरहब

March 29, 2024

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किदैछ। 

टोली आज बिहान ९ बजे काठमाडौं अवतरण गर्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। 

टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले त्यहाँका सभामुख, राष्ट्रपतिलगायतसँग भेटवार्ता गरेका थिए ।