समाचार

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

By खबरहब

March 29, 2024

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।

यो सिफारिसमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।