फाइल तस्वीर

समाचार

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

By खबरहब

March 29, 2024

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । 

बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो ।

समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् ।

समितिका अन्य सदस्यहरूमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।