खेलकुद

टस जितेको नेपाल पहिला फिल्डिङमा

By खबरहब

March 29, 2024

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बिच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ ।

नेपाल ए र आयरल्यान्ड ए बिच तीन टी–२० खेल शुक्रवार, शनिवार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१, चैत २३ र चैत २५ गते हुनेछ ।

बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको हो ।