खेलकुद

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

By खबरहब

March 29, 2024

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन् ।

उनले पहिलो ओभरमै आयरल्याण्ड ए का कप्तान नेइल रकलाई आरिफ शेखबाट क्याच आउट गराए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेको हो ।

आज नेपालको टिममा विनोद भण्डारी, लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, रसिद खान, सागर ढकाल, कमलसिंह ऐरी र हेमन्त धामी छन् ।