खेलकुद

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

By खबरहब

March 29, 2024

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रपितस्पर्धा हुँदैछ ।

साँझ पौने ८ बजे हुने आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

विस्फोटक ब्याट्सम्यानको बाहुल्यता रहेको दुबै टिमको ब्याट हेर्न आज निकै रोचक हुने अपेक्षा छ ।

आईपीएलको इतिहासमा बैंगलोर र कोलकाताबीच अहिलेसम्म ३२ खेल भएका छन्।

जसमा बैंगलोरले १४ र कोलकाताले १८ खेल जितेका छन । बेंगलुरुको घरेलु मैदानमा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन ।