खेलकुद

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

By खबरहब

March 29, 2024

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई जितका लागि २२३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्याण्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो । आयरल्याण्डका पिटर मुरले ३२ बलमा ४९ रन बनाए ।

नेपालका कमलसिंह ऐरीले ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले समान १÷१ विकेट हात पारे ।

चोटका कारण टिम बाहिर रहेका ऐरी दुई वर्षपछि खेलमा फर्किएका हुन ।