खेलकुद

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

By खबरहब

March 29, 2024

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरेका छन । शतक पूरा गर्ने क्रममा उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गरे ।

लोकेशसँग साझेदारी गरेका आरिफ शेख पनि अर्धशतक नजिक छन । उनले २१ बलमा ४५ रन बनाएका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १५.४ ओभरमा १ सय ८५ रन बनाएर खेलिरहेकाे छ ।