खेलकुद

अर्धशतक बनाउन चुके आरिफ

By खबरहब

March 29, 2024

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन चुकेका छन । उनी ४९ रनमा आउट भए । २६ बलमा ४९ रन बनाएका आरिफलाई म्याथ्यु हमफेयरको बलमा थोमस मेइजले क्याच आउट गरे ।

यसअघि आजको देलमा लोकेश बमले शतक पूरा गरेका थिए । शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट भएका थिए । ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै उनी १ सय ६ रनमा आउट भए ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १८.५ ओभरमा ८ विकेट गुमाएर २०० रनमा खेलिरहेको छ ।