राजनीति

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

By खबरहब

March 29, 2024

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रदेश संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई आज पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ता लिन र सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन।

पार्टी कार्यालय टीकापुरमा चैत्र १४ गते बसेको बैठकले गरेको निर्णय अनुसार सरकारबाट बाहिर आउन निर्देशन दिँदै अध्यक्ष श्रेष्ठले अन्यथा पार्टीको विधान आकर्षित गरिने बताएकी छन् ।

नयाँ गठबन्धनलाई लिएर नाउपा भित्र चरम विवाद देखिएको छ । पार्टीका संस्थापक रेशम चौधरी नयाँ गठबन्धनमा सहभागी नहुने मनसायमा हुँदा पार्टी अध्यक्ष श्रेष्ठ भने गठबन्धनलाई समर्थन गर्ने बताउँदै आएकी छन् । जस अनुसार नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत समेत दिएको छ ।