आर्थिक

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

By खबरहब

March 29, 2024

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को बजेट लेख्न समिति बनाएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।

सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

शर्मा, शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत हुन भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उप महानिर्देशक छन् ।

समितिले भोलि बाट नै बैठक बसेर काम थाल्ने समिति संयोजक शर्माले जानकारी दिए ।