राजनीति

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

By खबरहब

April 29, 2024

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका १ को मतगणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५०२५ मतसहित अग्रता कायमै राखेका छन् । उनलाई कांग्रेसका उम्मेदवार डम्बर खड्काले ३७५९ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १९९६ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ७६० मत सहित चौथो स्थानमा छन् ।

चुलाचुली १ मा डकेन्द्रले सबैभन्दा धेरै १०३१ मत प्राप्त गरेका छन् । भने सुहाङले ६१४, डम्बरले ५०१ मत प्राप्त गरेका छन् । अहिले चुलाचुली २ र ३ को मत गणना सुरु गरिएको छ ।

ताजा मतपरिणाम सुहाङ नेम्वाङ :५०२५ (सुर्य) डम्बर खड्का : ३७५९ (रुख) डेकेन्द्र थेगिम : १९९६ (मुडा) मिलन लिम्बु : ७६० (घण्टी)

यस्ताे छ चुलाचुली १ काे मतपरिणाम