ब्रेकिङ स्टोरी

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

By खबरहब

April 29, 2024

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ । अहिलेसम्म छविसपाथिभेरा, खप्तडछान्ना गाउँपालिका, थलारा वडा नम्बर ९ र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ को मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अग्रता कायमै छ । भने नेपाली कांग्रेसले मतान्तर घटाइरहेको छ । एमालेका उम्मदेवार दमन भण्डारीले ४६६८ मत सहित अग्रता कायमै राखेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अविषेश सिंह ४५८० मतसहित दोस्रो, माओवादीका उम्मेदवार जनक बुढा २४४३ मत सहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह १६५८ मत सहित चाैथाे स्थानमा छन् । राप्रपाले १२६ मत प्राप्त गरेको छ ।

ताजा परिणाम दमनबहादुर भण्डारी (एमाले) : ४६६८ जनक बुढा नेकपा (माओवादी केन्द्र) : २४४३ अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) :४५८० दिलबहादुर सिंह (एकीकृत समाजवादी) :१६५८