देश/प्रदेश

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

By खबरहब

April 29, 2024

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ । आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहान १५१ मतले पछाडि पारेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ६ हजार ८५३ मत पाएका छन् । एमालेका उम्मदेवार दमन भण्डारीले ६ हजार ७०२ मत पाएका छन् । पहिलो पटक कांग्रेसले एमालेको अग्रतालाई तोडेको हो ।

माओवादीका उम्मेदवार जनक बुढा दुई हजार ८२२ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह दुई हजार ९१ मत सहित चौथो स्थानमा छन् ।