देश/प्रदेश

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

By खबरहब

April 29, 2024

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि उछिनेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २२८ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २६४ मतले अगाडि बढेको छ।

माओवादीका उम्मेदवार जनक बुढा २८ सय ९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय २ मतसहित चौथो स्थानमा छन्। बझाङमा अब मष्टा गाउँपालिकाको मतगणना सुरु हुँदैछ।

अहिलेसम्म जनपा, खप्तडछान्ना, छविसपाथिभेरा , थलारा र सुर्मा गाउँपालिकाको मतगणना भइसकेको छ।