राजनीति

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

By खबरहब

April 29, 2024

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको छ ।

यो पालिकामा पहिचान पक्षधर उम्मेदवार डकेन्द्र थेगिम पहिलो बनेका छन् भने एमालेका सुहाङ नेम्वाङ दोस्रो बनेका छन् । कांग्रेस तेस्रो र रास्वपा चौथो स्थानमा आएको छ ।

थेगिमको पक्षमा यस पालिकाबाट २६३९ मत खसेको छ । एमालेका सुहाङ २५९१ मतका साथ दोस्रो बनेका छन् भने् कांग्रेसका डम्बर खड्काले यो पालिकाबाट १४८० मत पाएका छन् ।

रास्पवाको घण्टीमा सबै वटाबाट खसेको कुल मत २४३ मात्र छ ।

माङसेबुङमा गत स्थानीय चुनावमा एमालेले पालिका प्रमुखमा जितेको थियो भने उपप्रमुखमा जसपाले जितेको थियो । एमालेले ६ मध्ये ४ वटा वडा जितेको थियो ।