फोटो फिचर

अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी (तस्बिरहरू)

By खबरहब

May 29, 2024

काठमाडौं– अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको आज ७१ वर्ष पुगेको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोही सङ्घ लगायत अन्य पर्वतारोहण सङ्घ संस्थाले नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारी पहिलोपटक सगरमाथामा चुचुरोमा पुगेको स्मरण गर्दै प्रभातफेरी गरिएको हो ।

शेर्पा र हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए। 

 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी