समाचार

एमालेको राष्ट्रिय महिला भेला सुरु

By खबरहब

May 29, 2024

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेला सुरु भएको छ । 

बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको सो भेलामा देशभरबाट ५ हजार महिला सहभागी भएको आयोजकको दाबी छ ।

 भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि सहभागी छन् ।