प्रतिकात्मक तस्बिर

समाचार

अत्यधिक गर्मी बढेपछि जनकपुरका विद्यालय पाँच दिन बन्द

By खबरहब

May 29, 2024

जनकपुरधाम –अत्याधिक गर्मी बढेपछि जनकपुरधामको विद्यालयहरू पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ । 

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै पाँचदिन नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिए । 

अत्याधिक गर्मीका कारण तराई मधेसको जिल्लाहरूमा लु समेत सुरु भएको छ ।