आर्थिक

बजेटबारे गभर्नर भन्छन् : स्रोत समितिले दिएको सिलिङभित्रै छ, प्रक्षेपण पनि ठीक छ

By खबरहब

May 29, 2024

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनसँगै देखिए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग तिक्ततापूर्ण सम्बन्ध बनाएका अधिकारी र वर्तमान अर्थमन्त्री पुनवीच हार्दिकता देखियो ।

उनले अर्थमन्त्रीसँगै बसेर बजेट स्रोत समितिले दिएको सिलिङभित्रै आएको बताए । सिलिङभित्रै आएको बजेटमा सामान्य हेरफेरमात्रै भएर संसद्‍मा गउको पनि उनले उल्लेख गरे।

अधिकारीले साढे ५ प्रतिशत आर्थिक वृद्धिदर हुँदा नै जीडीपी ६३ खर्ब पुग्ने भएकाले बजेटको प्रक्षेपण ठीकै रहेको टिप्पणी गरे।

मध्यमकालीन खर्च संरचनाले ठूलै आकारको बजेट प्रस्ताव गरेको बताउँदै अधिकारीले अहिले घटेर आएकाले ठीकै देखिएको पनि उल्लेख गरे ।