राजनीति

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

By खबरहब

May 29, 2024

काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि बुधबार दिउँसो पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेको पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।

सोमबार सर्वोच्चले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएको थियो । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।