खेलकुद

सन्दीपलाई भिसाका लागि जुलुस, दूतावासतिर युवाहरूको समूह (तस्बिरहरू)

By खबरहब

May 29, 2024

काठमाडौं- यही जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता अनिश्चित भएको छ ।

उच्च अदालतले सफाइ दिइसकेकोअवस्थामा अमेरिकाले विश्वक खेल्नका लागि त्यसतर्फ जान भिसा नदिएपछि सन्दीप समस्यामा परेका छन् ।

अन्य खेलाडीहरू विश्वकपको तयारीका लागि अमेरिकामा व्यस्त रहेका बेला सन्दीप भने अझै पनि भिसा आउने अपेक्षमा छन् ।

तर अमेरिकी दूतावासले बुधबारसम्म पनि सन्दीपलाई भिसाको ग्रीन सिग्नल दिएको छैन । यसबीचमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नै पत्नीसहित अमेरिकातिर लागिसकेका छन् ।

सन्दीपलाई भिसा नदिएको भन्दै केही युवाहरूको समूहले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतघीर मण्डलबाट जुलुस निकालेर लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूतावास घेर्न युवाहरूको समूह गएको छ ।

माइतीघर मण्डलबाट महाराजगञ्जतर्फ लागेका युवाहरूलाई प्रहरीले सुरक्षा दिएको छ ।

टी २० विश्व कपका लागि जान लामिछानेलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि वेस्टइन्डिजमा हुने म्याचमा सहभागी गराउने भनिए पनि अझै त्यसको टुंगो लागेको छैन ।