फाइल तस्वीर

राजनीति

देउवाले उपेन्द्र र महन्थलाई बुढानीलकण्ठ बोलाए

By खबरहब

May 29, 2024

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलका केही नेतालाई बूढानीलकण्ठमा बोलाएका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट संसद्‍मा पेश भइसकेको अवस्थामा देउवाले प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाएका हुन्।

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई समेत बूढानीलकण्ठमा बोलाएको बताइए पनि दुवैतर्फका सचिवालयले यसबारे पुष्टि गरेनन् ।