आर्थिक

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

By खबरहब

June 29, 2024

काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार सन् २०२४ जुन २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३४ पैसा र बिक्री दर १६९ रुपैयाँ १० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?