रोएटर्स

खेलकुद

कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश

By खबरहब

June 29, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान एरिजोनामा सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा कोस्टारिकालाई ३–० गोलले हराउँदै कोलम्बिया क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको हो ।

कोलम्बियाका लुइस डियाज, डेविसन सान्चेज र जोन कोर्डोबाले एक–एक गोल गरेका थिए ।

लुइसले खेलको ३१औँ मिनेटमा कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५९औँ मिनेटमा सान्चेज र ६२औँ मिनेटमा कोर्डोबाले गोल गर्दै कोलम्बियालाई ३–० गोलको जित दिलाए ।

यो जितसँगै कोलम्बिया २ खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको कोस्टारिका १ अंकका साथ चौथो स्थानमा छ ।

समान खेलबाट दोस्रो स्थानमा रहेको ब्राजिलको २ अंक छ भने तेस्रो स्थानमा रहेको पारग्वेको १ अंक छ ।

यसैबीच, समूह ‘डी’ मा रहेका ब्राजिल र पाराग्वेबीच अहिले प्रतिस्पर्धा भइरहेको छ । क्वाटरफाइनलमा पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।