समाचार

देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै

By खबरहब

June 29, 2024

काठमाडौं– नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा तालाबन्दी गर्ने भएको छ ।

मुलुकका सातवटै प्रदेश कार्यालय तथा ७७ वटै जिल्लामा तालाबन्दी गर्न परिपत्र गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जानकारी दिए ।

महासंघले जारी गरेको मतदाताको नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गएराति तालाबन्दी गरेको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले यही असार २२ गते हुने निर्वाचनका लागि हिजो साँझ मतदाताको नामावली प्रकाशन गरेको थियो ।