खेलकुद

युरोकप : आजदेखि अन्तिम १६ का खेल हुँदै, इटाली र स्वीट्जरल्याण्ड भिड्ने

By खबरहब

June 29, 2024

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट चरण (अन्तिम १६)का खेल सुरु हुँदैछन् ।

नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

इटाली समूह ‘बी’मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । इटालीले अल्बानियालाई हराएको थियो भने क्रोएसियासँग बराबरी र स्पेनसँग पराजित भएको थियो ।

यस्तै, स्वीट्जरल्याण्ड समूह ए मा उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । स्वीट्जरल्याण्डले हंगेरीलाई हराएको थियो भने स्कटल्याण्ड र जर्मनीसँग बराबरी खेलेको थियो ।

इटाली र स्वीट्जरल्याण्डबीच अहिलेसम्म ६० खेल भएका छन् । जसमा इटालीले २९ र स्वीट्जरल्याण्डले ७ खेल जितेका छन् । २४ खेल भने बराबरी भएका छन् ।