देश/प्रदेश

बागलुङ पहिरो अपडेट : दुईजनाको मृत्यु, दुई घाइते

By खबरहब

June 29, 2024

बागलुङ– बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।

आज बिहान ३ बजे गएको पहिरोले घर पुरिँदा गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

घरमा पुरिएका प्रेमकी बुहारी कुमारी र नाति शिशिरलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।