प्रतिकात्मक तस्बिर

देश/प्रदेश

स्याङ्जामा पहिरोमा परी आमा–छोरीको मृत्यु

By खबरहब

June 29, 2024

स्याङ्जा- स्याङ्जामा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

गएराति फेदीखोला गाउँपालिका–५ बाँगेस्थित ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा सुतिरहेका बेला घरमाथिबाट पहिरो खसेको थियो । यस्तै घरनजिकै रहेको गोठ पुरिँदा एउटा भैँसी समेत मरेको जनाइएको छ ।