देश/प्रदेश

गुल्मी पहिरो अपडेट : एकै घरका पाँचजनाको मृत्यु

By खबरहब

June 29, 2024

गुल्मी– गुल्मीमा पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले अनुसार गएरातिको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको जानकारी दिए ।