खेलकुद

कोपा अमेरिका : ब्राजिलको फराकिलो जित

By खबरहब

June 29, 2024

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिलले फराकिलो जित निकालेको छ । आज बिहान भएको समूह ‘डी’ को खेलमा पाराग्वेलाई ४–१ गोलले हराउँदै ब्राजिल नकआउट चरण नजिक पुगेको छ ।

ब्राजिलका लागि भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पाक्वेटाले एक–एक गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल फर्काएका थिए ।

यो जितपछि ब्राजिल २ खेलबाट ४ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । यस्तै, लगातार दोस्रो हार बेहोर्दै पाराग्वे प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समूह चरणको अन्तिम खेल जुलाई ३ मा कोलोम्बियासँग खेल्ने छ । यस्तै, पाराग्वेले कोस्टारिकासँग खेल्नेछ ।