देश/प्रदेश

डोटीमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु 

By खबरहब

June 29, 2024

डोटी– डोटीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको  ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

सायल –४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।