देश/प्रदेश

गायक सुरेश गन्धर्वको घरलाई झ्याल जुट्यो

By खबरहब

June 29, 2024

धरान– वरिष्ठ गायक तथा सारंगी बादक सुरेश गन्धर्वको घरको लागि तीनवटा आल्मुनियमको झ्याल जुटेको छ । २१ हजार लागत रहने झ्याल विभिन्न व्यक्तिहरुको सहयोगमा जुटेको हो ।

उनी दुबै मृगौला फेल र मुटु रोगी भएकाले आर्थीकरुपमा अवस्था नाजुक थियो ।

 ७० वर्षिय गन्धर्वका ‘रिङ्केबुङको राँगालाई’,वारी खोला पारि नि खोला बिचैमा पापी दोभान बोलका चर्चित गीतका गायक हुन्।

भोजपुरमा जन्मिएर भारतको कालेबुङ, दार्जिलिङ र २०४९ सालदेखि धरानलाई कर्मभूमि बनाएर गीत, संगीत क्षेत्रमा जीवन अर्पण गरेका गन्धर्वलाई धरान ८ नम्बर वडा कार्यालयले धरान ८ सभागृहमार्ग नमुना वस्तीमा सात धुर जग्गा उपलब्ध गराएको थियो ।

दाताहरुको सहयोगमा निर्माण गरिएको घरको झ्याल आर्थिक अभावका कारण लगाउन सकिएको थिएन । विभिन्न सहयोगदाताको सहयोगमा आल्मुनियम झ्यालको व्यवस्था गरिएको हो ।