खेलकुद

भारतले एकै ओभरमा गुमायो दुई विकेट

By खबरहब

June 29, 2024

काठमाडौं– भारतले टी–२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले एकै ओभरमा दुई विकेट गुमाएको हो ।

बरबाडोसमा भइरहेको फाइनलमा भारतका कप्तान रोहित शर्मा र तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पन्त आउट भएका छन् ।

रोहित ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका हुन् । दुवै जनाकाे विकेट दक्षिण अफ्रिकाका केशव महाराजले लिए ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।