देश/प्रदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने माग

By खबरहब

June 29, 2024

काठमाडौं – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा विभिन्न मुद्दामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको सार्वजनिक बहस सम्पन्न भएको छ ।

राजधानी काठमाडौंमा आयोजित बहसका क्रममा तीन प्रमुख निष्कर्षहरूमा सहमति भएको छ।

छलफलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने, विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने र बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ)ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा एमाले उपमहासचिव योगेश भट्टराई थिए। उनले बिआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने बताए । कार्यक्रमको अध्यक्षता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले गरेका थिए।